नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी विधेयकका बारेमा सरकारले प्रतिपक्षलाई थाहा नै नदिई सुटुक्क राष्ट्रिय सभाबाट उत्पति गरेको बताएका छन् । सोमबार सम्पादकहरूसँगको छलफलमा त्यही विषयमा पहिला विवाद भएर अदालतमा मुद्दा परिरहेका बेला सरकारले सुटुक्क पेश गरेको भन्दै यो भन्दा निर्लज्ज काम गरेको बताए । ‘उहाँहरुले मुद्दा फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ । हिजो हामीले जानेछौँ भन्नुपर्छ । अनि हिजो त्यही अस्वीकार गरेको कुरा लिएर जाने ?’, ओलीले प्रश्न गर