शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले बिभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सवै नागरिकलाई खोपको पहुँचमा पुराइने बताएका हुन् ।
राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनको भनाई छ । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका ...