बलात्कारको उजुरीमा हदम्याद नलाग्ने विधेयक ल्याइने प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित मूल समारोह कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताए । […]