विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गर्ने ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–१ का मण्डलको उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो ।गोल्डेन अस्पतालमा उपचाररत मण्डलले आज बिहान ६ बजे सोही अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । अस्पतालबाट हामफालेर गम्भीर घाइते भएका मण्डलको सोही अस्पतालमा उपचार भइरहेकोमा मध्यान्ह मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आत्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका