कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।