अमेरिकी विदेश मन्त्रालयका अनुकार राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष कार्यभार सम्हालेयता हालसम्म १ लाखभन्दा बढीको भिसा रद्द गरिएको छ। ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासन नीतिका कारण यो संख्याले नयाँ रेकर्ड कायम गरेको मन्त्रालयले जनाएको छ। ट्रम्प ह्वाइट हाउस फर्किएपछि सुरु गरिएको व्यापक आप्रवासन धरपकडका कारण वैध भिसा भएका कतिपय व्यक्तिहरूलाई समेत अभूतपूर्व संख्यामा देशनिकाला […]
न्युयोर्क शहरका प्रतिष्ठित अस्पतालहरूको व्यवस्थापन पक्षले नर्सहरूका मागलाई बेवास्ता गरेपछि करिब १५,००० नर्सहरू हडतालमा उत्रिएका छन्। न्युयोर्क राज्य नर्स एसोसिएसनको नेतृत्वमा सोमबार बिहान ६ बजेदेखि सुरु भएको यो आन्दोलन शहरको इतिहासकै सबैभन्दा ठूलो नर्स हडताल भएको बताइएको छ। लामो समयदेखि जारी वार्ता असफल भएपछि नर्सहरू हडतालमा उत्रिएका हुन्। अस्पताल व्यवस्थापनले नर्सहरूका मुद्दालाई सम्बोधन गर्न नमानेपछि […]
काठमाडौँ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) गरेको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ। सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई […]
काठमाडौँ। नेपाली कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक दुवै महामन्त्रीबीच छलफल हुने भएको छ। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण र रमेश लेखकबीच सोमबार राति नै छलफल हुने भएको हो। विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेसँगै पहिलो चरणमा दुवै पक्षका नेताबीच संवाद हुने भएको […]
अमेरिकामा वैधानिक रूपमा बसोबास गरिरहेका ८३ जना आप्रवासीहरूको एक समूहले राष्ट्रियतामा आधारित नयाँ प्रतिबन्धका कारण आफ्नो ग्रीन कार्ड प्रक्रिया रोकिएको भन्दै आइतबार संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मेरिल्याण्डको संघीय अदालतमा दायर गरिएको उजुरीमा वादीहरूले युएससीआईएसका निर्देशक जोसेफ एड्लोलाई रोकिएका ग्रिनकार्ड आवेदनहरू पुनः अघि बढाउन आदेश दिन माग गरेका छन्। यस मुद्दामा ५७ मुख्य आवेदक […]
काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरले गठन गरेको वार्ता टोलीबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। लेखकले नेपालन्युजसँग कुरा गर्दै वार्ता टोलीको विषयमा अनभिज्ञता जनाए। उनले ‘एउटै पार्टीमा छलफल र संवाद गर्न वार्ता टोली नचाहिने’ पनि दाबी गरे। देउवासँग वार्ता गर्न गगन-विश्वप्रकाशद्वारा चार सदस्यीय टोली गठन‚ को-को छन् टोलीमा? सोमबार […]