जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशका आठै जिल्लामा विरोध प्रदर्शन गरेको छ । शनिबार जिल्ला सदरमुकामहरूमा जसपाका नेता तथा कार्यकर्ताहरूले अख्तियारको छापामारीविरुद्ध मसाल जुलुस निकालेका हुन् ।
कतिपय जिल्लामा भने वर्षाका कारण विरोध प्रदर्शनका कार्यक्रमा हुन सकेनन्...