काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन्। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९-एएनसी एटीआर ७२ जहाजको दुर्घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्। दाहालले दुघर्टनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।