सुनसरी : सुनसरीको हरिनगर गाउँपालिकाका निर्वाचन अधिकृतका अनुसार वडा नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी घोषणा भएपछि नेकपा एमालेका उम्मेदवारहरूले चित्त नबुझेको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राख्दै मतगणना स्थगित गर्दै मतदान स्थलमा नाराबाजी गरिरहेका छन्।विजय घोषणा भइसकेका कारण पुनः मतगणना नहुने उनले बताए। पुनः मतगणनाका लागि जिल्ला निर्वाचन कार्यालय जानुपर्ने उनले बताए।