धनकुटा : धनकुटाको तमोर नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। चौबीसे गाउँपालिका -५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।अधिकारीका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गई थप अनुसन्धान ग