त्रिशूलले घोचेर बालिका हत्या प्रकरणः पढाइ ठूलो कि ज्यान भन्दै 'माता'ले दिएकी थिइन् धम्की !

झारफुकको नाममा बालिकाको हत्या गरेको आरोपमा माता भनेर चिनिने एक महिला पक्राउ परेकी छन् ।  हत्या आरोपमा नागार्जुन नगरपालिका–१, पानीट्याङ्कीमा टहरामा बस्दै आएकी आफूलाई माता बताउने उमा शाही ठकुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए । प्रहरीका अनुसार २१ दिनअघि टाउकोमा समस्या देखिएपछि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुर धुन्चेपाखा बस्ने १४ वर्षीया बालिकालाई उनकी आमा रोशनी श्रेष्ठले उमाकोमा ल्याएकी थिइन् ।  उमाले आफूले निको बनाइ...