माघीमा तीन दिन सार्वजनिक बिदाको माग

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका हुन् । “बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौ