काठमाण्डौ – नेपाल सरकारले युराेपेली देश सर्बियामा नेपाली कामदार पठाउन म्यानपावरहरुलाई अनुमति दिएको छ । योभन्दा पहिले व्यक्तिगत रुपमा मात्र नेपाली श्रमिक सर्बियाको रोजगारीमा जाने गरेका थिए । गएको बैशाख १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संस्थागत रुपमा अर्थात् म्यानपावरलाई सर्बियामा पनि नेपाली कामदार पठाउन अनुमति दिएको हो ।
सर्बिया युरोप महादीपमा पर्ने देश हो । सर्बिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्ष पूरा भइसकेको छ । पछिल्लो समय युरोपेली देशमा रोजगारीको लागि जाने ने...