काठमाडौं : सरकारले सबै संघीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ ।संघमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्याएको हो । बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये कर