सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेरबारे तीन दिनदेखि छलफल चलिरहेको छ । असोज ३ गते बुझाइएको बन्दसूचीलाई लिएर कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षको विरोधपछि बालुवाटारमा त्यसलाई सच्याउन छलफल जारी रहेको हो ।पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने आश्वासन दिएका थिए । त्यसपछि सभापति बाहेका पदाधिकारी बसेर बन्दसूची हेरफेरको गृहकार्य चलिरहेको छ । कोइराला पक्ष निकट एक जना पदाधिकारी अन