सरकारी कम्पनीको अनलाइन व्यापार उत्साहजनक

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनलाइन व्यापार उत्साहजनक रूपमा बढेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनदेखि सुरु भएको कम्पनीको अनलाइन व्यापारले आम उपभोक्ताप्रति विश्वास फष्टाएका कारण राम्रो व्यापार भएको हो । लकडाउन अवधिमा उपभोक्तालाई अनलाइनबाटै खाद्यान्न उपलब्ध गराउनका लागि कम्पनीले सुरु गरेको अनलाइन व्यापार छोटो समयमा सफल भएको हो । चैत २६ गतेदेखि उपत्यकामा अनलाइन व्यापार सुरु गरिएको थियो । अनलाइन व्यापारबाट २३ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।