त्रिभुवन विमानस्थलबाट भित्रिएको ९ करोडको कोकिन कसको ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेशिनबाट पार भएर काठमाडौँ भित्रिएको ९ करोड मूल्य पर्ने कोकिन कारोबारमा संलग्न ३ जना विदेशी लागु औषध नियन्त्रण ब्यूरोको हिरासतमा छन् । दक्षिण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामाले भदौ ३ मा २ किलो ९६६ ग्राम कोकिन काठमाडौँ ल्याएकी थिइन् । तस्कर समूहले सो कोकिन भारत लाँदै थिए । भारतको नयाँ दिल्लीमा कोकिन कुरेर बसेकी थिइन्, नाइजेरियन महिला मारियान । तर, काठमाडौँमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जफत गरेपछि मारियानले कोकिन पाइनन् । भारतीय प्रहरील