राष्ट्रपतिका कदमबारे सरकार गम्भीर छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लामो संघर्षपछि प्राप्त भएको वर्तमान संघीय गणतान्त्रिक राज्य व्यवस्थाको संरक्षण गर्नु सबैको दायित्व हुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र विभिन्न कदमतर्फ लक्षित गर्दै मन्त्री कार्कीले केही दिनयता विकसित राजनीतिक घटनाक्रमबारे सरकार गम्भीर रहेको बताए ।

सम्बन्धित सामग्री

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन्।...