काठमाडौं। राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले फ्लोर क्रस नै गर्नेभए जनताको आवश्यकताका विषयमा पनि गर्न आह्वान गरेकी छन्। राष्ट्रियसभा बैठकमा उनले नागरिकता विधेयक फ्लोरक्रस गरेर भएपनि पारित गर्नु आवश्यक रहेको बताइन्।“चलन चलिसकेको छ। यस्ता कुरामा फ्लोर क्रस गरौं। जनताको टटकारो आवश्यकतालाई पूर्ति गर्छ। आमाको नाममा नागरिकता दिने भनेर संविधानमा लेखिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पारित हुँदैन?”,उनले भनिन्।