सिटिजन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी रकम प्रदान

माघ ६, रोल्पा । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पा नगरपालिका–१ खेवासेका मृतक सागर घर्तीको मृत्यु दावी रकम प्रदान गरेको छ । घर्तीको बिमांक रकम रू. ५ लाख, किरिया खर्च बापतको रकम रू. ५० हजार र बोनस रकम १५ हजार गरी कुल ५ लाख ६५ हजार रुपैयाँ बुधवार उनकी पत्नी भिम कुमारी घर्तीलाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।  उक्त रकम वडा सदस्य अम्मरसिंह रानाले हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स रोल्पा शाखा प्रबन्धक सन्तोेष पन्तले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका अभिकर्ता भुवन श्रेष्ठ, नवीन गुरूङ र स्वास्थ्य चौकी खेवासेका इन्चार्ज घनश्याम थापाको समेत उपस्थिति रहेको थियो । गत वर्ष ५ लाखको बीमा गरेका घर्तीको गत कात्तिक १७ गते ३४ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो ।