दोषीलाई कारावाही गर्न सरकार पछि नहट्ने छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शरणार्थी, सुन तथा ललिता निवास प्रकरणका दोषीलाई कारावाही गर्न सरकार पछि नपर्ने बताउनुभएको छ । मन्त्री शर्माले जस्तोसुकै हाइप्रोफाइलका दोषीलाई सरकारले कारवाही गर्ने बताउनुभयो । बिहीबार प्यूठानको जुम्रीमोमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले उच्च पदमा पुगेपछि कानूनले नछुने भन्ने भ्रम रहेको बताउदै […]