कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालय र राष्ट्रिय ट्रमा सेन्टरमा सरकारी सेवाको अवसर

पुस १९, काठमाडौं। कर्णाली प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र संघिय सरकार अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा सरकारी सेवाको अवसर रहेको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयमा कृषि विज्ञ, कृषि प्रसार अधिकृत, वाली विकास अधिकृत, वागवानी विकास अधिकृत, बाली संरक्षण, माटो विज्ञ, पशु विकास अधिकृत, पशुचिकित्सक र कम्प्युटर अधिकृत गरि २१ जना कर्मचारी करारमा भर्ना माग गरिएको छ। १५ दिन भित्र योग्यता पुगेका सबै नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। आवेदन वापत कुनै शुल्क लाग्ने छैन। छनौट प्रक्रिया भने अन्तर्वार्ता मार्फत हुने छ। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरले पनि १३ जना कर्मचारी सेवा करारमा माग गरेको छ। १२ जना स्टाफ नर्स र १ जना फार्मेसी सहायकको लागि २१ दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरिएको छ। ट्रमा सेन्टरमा भने आवेदन शुल्क वापत ६०० रुपैयाँ लाग्ने छ। छनौट प्रक्रिया पनि लिखित वा मौखिक वा दुवै हुन सक्ने जनाइएको छ।