इलाम : सूर्योदय नगरपालिका–८ मालुममा रहेको रक्तकाली टी स्टेटमा आगलागी भएको छ। बिहीबार राति करिब १२ बजे आगालागी भएको हो। आगो करिब पाँच घण्टापछि नियन्त्रणमा लिइएको छ।विद्युत चुहावट भई आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया‚ प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पूर्वाधार गरी करिब तीन करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीले बताएको छ।आगलागी भएको करिब ४५ मिनेटपछि सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रहरी निरीक्षक खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरी, प्रहरी चौकी फिक्कल, सशस्त्र बेस क्या