काठमाडौं : पाँच दलीय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने निर्णयप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पाँच दलीय गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ। यो निर्णयप्रति मेरो गम्भीर असहमति र आप