काठमाण्डौ – के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ र जानु पूर्व गर्नु पर्ने परीक्षण, खोप, क्वारेण्टीन लगायत कुरा जान्न चाहनुहुन्छ ? यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि लिन पर्ने पूर्व अनुमति लिन नपर्ने भएको छ ।
तर बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काबाट यूएई यात्रा गर्ने यात्रुले भने पूर्व अनुमति लिन पर्ने हुन्छ । यसका अलावा भर्खरै बसोबासको वा कामदार भिसा जारी भएका, छोटो समय र लामो समयका लागि भिसा जारी भएका, १० वर्षको गोल्डेन भिसा भएका, लगानीकर्ता ...