न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कपकाे फाइनलमा

काठमाण्डाै – न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बुधवार सिड्नीमा भएकाे खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायाे ।  न्युजिल्यान्डले दिएकाे एक सय ५३ रनकाे लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायाे । पाकिस्तानका लागि माेहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र माेहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गु...