बाग्लुङ – बाग्लुङको गौरीशङ्कर प्राविमा अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारमा बनाइएका खाना जङ्कफुड निषेध गरिएको छ । बाग्लुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो ।
यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेटलगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभाबी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । यो निर्णय मान्ने...