काठमाडौं । दक्षिण अफ्रिकालगायत अफ्रिकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी यस्तो निर्णय गरेको हो ।
कूटनीतिक, सरकारी औपचारिक र आपत्कालीन कामबाहेक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउन अध्यागमन विभागलाई आदेश दिइएको...