काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चार दलको बैठक सुरु भएको छ। बैठकमा नेकपा एमालेका अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्। नयाँ सरकार गठनका विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो। प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर बालकोट पुगेका हुन्।