राप्रपाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् । अध्यादेश राष्ट्रहित व

सम्बन्धित सामग्री

नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो, सर्वोच्चले उल्ट्याइदियो : पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको दाबी गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले परमादेश दिएपछि पोखरेलको यस्तो धारणा आएको हो ।  “नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर,...

नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती : राष्ट्रिय जनमोर्चा

११ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जेठ ९ गते सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती रहेको दावी गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज गर्न माग गरिएको छ । राष्ट्रिय जनमोर्चाले अध्यादेशको दफा ३ को उपदफा ४ र ५ मा रहेको व्यवस्था राष्ट्रघाती भएको बताएको छ । दफा ३ को उपदफा […]

संविधानकै कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई अब वंशजको नागरिकता दिने बाटो खुला भएको छ । अध्यादेश जारी भएसँगै विदेशीलाई वंशजको आधारमा नागरिकता दिलाउन खोजेको भन्दै सामाजिक सञ्जालमा विरोधसँगै नागरिकतासम्बन्धी अध्यादेशको पक्षमा समेत वकालत भएका छन् । नेपालको संविधानले जन्मको आधारमा आमा र बाबुको जन्मसिद्ध नागरिकता भएमा […] The post संविधानकै कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारलाई विप्लवले भने- नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिइयोस्

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ ।

विप्लवले भने- नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लेऊ

१० जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता …

राष्ट्रपति भण्डारीले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपतिले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश

आमाको नेपाली नागरिकता भएमा उनका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्थासहितको अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । यससँगै अब बुवा विदेशी र आमा नेपाली भएपनि तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउने छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आमाका सन्तानहरूलाई नागरिकता दिने निर्णय गरेको थियो । बैठकले जन्मसिद्ध नागरिकता पाएका आमाबुवाका सन्तानलाई पनि वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको छ । ...

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन्। आज राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपाधारा १ बमोजिम नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी हुन्। केहीदिन अघि मन्त्रिपरिषद्को बैठकले नागरिकतासम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यो अध्यादेशसँगै जसपाले उठाउँदै आएको नागरिकतासम्बन्धी मागको सम्बोधन भएको छ।

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । उनले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । The post राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.