२८ पुस, काठमाडौं । नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो । सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’