युक्रेन तनाव चलिरहँदा पूर्वी क्षेत्रमा गोली चल्न शुरू भएको दाबी

रुस र युक्रेनबीच तनाव चलिरहेको बेलामा पूर्वी युक्रेनमा रुससमर्थक पृथक्तावादी र सरकारी सेनाबीच झडप भइरहेको छ ।  रोयटर्स समाचार संस्थाको रिपोर्टअनुसार, विगत २४ घन्टामा विद्रोहीहरूमाथि युक्रेनी सेनाले चारपटक आक्रमण गरेका छन् ।  युक्रेनको सेनाले चाहिँ पृथक्तावादीहरूको आरोपको खण्डन गरेको छ । आफूमाथि पृथक्तावादीहरूले आक्रमण गरेको सेनाको कथन छ ।  घटना कति गम्भीर छ र कतिजना घाइते भए भन्ने खुलेको छैन ।  युक्रेनी सेना र पृथक्तावादीहरूबीच यस्ता किसिमका घटना सन् २०१४ पछि लगातार भइरहेको छ । तर अहि...