रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ । गएको फागुन र चैत महिनामा युक्रेनबाट उक्त मूल्य बराबरको वस्तु नेपाल आएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार फागुन र चैत दुई महिनामा युक्रेनबाट नेपालमा ४ अर्ब ८३ करोड २१ लाख ९२ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ बाट युद्ध सुरु भएको थियो जुन हालसम्म चलिरहेको छ । युद्धका कारण युक्रेनबाट नेपालले आयात गर्ने वस्तुहरु रोकिने अ