वाग्मती करिडर खोलियोस्

करिब ६ महिनाअघि वाग्मती करिडरको सिनामंगल छेउमा रहेको अवैध सुकुम्बासी बस्ती हटाई करिडरको बाटो निर्माण अघि बढाउन काठमाडौं महानगरका मेयर बालेन शाहले डोजर लोडरसहित ठूलो संख्यामा नगर प्रहरी पठाए । नगर प्रहरी पुग्नुअघि नै सुकुम्बासी बस्ती हटाउन आइरहेको कुरा बस्तीका बासिन्दाले थाह पाए र त्यसको प्रतिकार गर्न डोजरलोडर रोक्न आए । महानगरले तत्काल प्रहरी प्रशासनको सहयोग माग गर्‍यो ।