सडक अतिक्रमण गरी बनेका भौतिक पूर्वाधारका संरचनाको कारण हुनसक्ने दुर्घटनालाई रोक्न दायर सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार दिएको हो । आम नागरिकको जीउ ज्यानको सुरक्षा लगायतका विषयसँग जोडिएको सडकको संरचना सुधार र अतिक्रमण रोक्न राज्यका जिम्मेवार निकायले सक्रियता नदेखाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । न्यायाधीश सुवेदीको इजलासले नागरिकसँगको प्रत्