फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगे बालेन र सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौंको फोहोर व्यवस्थापनल

सम्बन्धित सामग्री

उपत्यकाको फोहोर व्यवस्थापन अध्ययनका लागि छिमेकी नगर निरीक्षणमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उपत्यकाको फोहोर व्यवस्थापन आफ्नै क्षेत्रमा गर्न अध्ययनका लागि छिमेकी नगरपालिका गएका छन् ।  उनी आज गोकर्णेश्वर नगरपालिका पुगेका हुन् । त्यसपछि उनी मध्यपुर थिमी नगरपालिका पुग्ने महानगरले जनाएको छ । उनी नगरपालिकामा भएका खालि जग्गा निरीक्षण तथा व्यवस्थापन गर्न सकिने नसकिनेबारे निरीक्षण गर्न गएका हुन् । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले...

बालेन शाहको रिपोर्ट कार्ड : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म

काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा निर्वाचित भएर गत जेठ १६ गते शपथ लिएकै दिन बालेन शाह नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । त्यसदिन उनले काठमाडौंको फोहोर मैला विसर्जन स्थलको अवलोकन गरे । अर्को दिन उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरे । शपथ लिएको एकसाता भित्रमा उनी दुई पटक सिसडोल–बन्चरेडाँडा क्षेत्र पुगे । स्थानीयका माग पूरा गर्न सक्दो सहयोग गर्ने बताएर उनले फोहोर विसर्जनका लागि सहयोग गर्न आग्रह गरे । फोहोर व्यवस्थापन नगरी बधाई तथा सम्मान नलिने घोषणा गरेका उनले सम्

उपत्यकाको फोहोर व्यवस्थापनमा जुटेका एक्लो बालेन, के गर्दै छन् बाँकी २१ पालिका ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने घोषणा गरे। नगरपालिकाको पहिलो बोर्ड बैठकमा पनि फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखि अगाडि बढाए।काठमाडौं उपत्यकामा फोहोरको डंगुर थुप्रिएको थियो र छ। शहर नै फोहोरले भरिएको देखेर समस्याको चुरो थाहा पाउन चुनावको अन्तिम मत परिणाम घोषणा हुनुअघि नै फोहोर विसर्जन स्थल सिसडोल र बन्चरेडाँडा पुगेका थिए उनी।सबैभन्दा ठूलो र पुरानो समस्या उपत्यकाको फोहोर व्यवस्थापन यतिवे

काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा सिसडोलबासी र मेयर बालेनबीच चर्काचर्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) र सिसडोलका स्थानीयबीच फोहोर व्यवस्थापनका विषयमा चर्काचर्की भएको छ । काठमाडौंको फोहोर नउठेपछि आज बिहानै सिसडोल पुगेका बालेनले स्थानीयसँग अन्तक्रिया गर्ने क्रममा चर्काचर्की भएको हो । सिसडोलबासीले १७ वर्षसम्म फोहोर व्यवस्थापन हुन नसकेको भन्दै ठूलो स्वरमा आवाज उठाएपछि चर्काचर्की भएको छ ।...

मेयर बालेन शाह फेरि पुगे सिसडोल, फोहोरबाट मल र ग्यास बनाउने घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्। त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताउए  । मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने  ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो । सडने र नसडने फोहोर छुट्टयाउने । त्यसबाट मुल र ग्यास निकाल्ने हो । सडने र सडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।’मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो ।मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहो¥याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

वडाध्यक्षले प्रतिनिधि दिएनन् ! काठमाडौंको फोहोर व्यवस्थापन कार्यदल नै बनेन

काठमाडौं । बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै सिसडोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका थिए । काठमाडौं उपत्यकाको फोहोर थुपार्ने ‘डम्पिङ साइड’मा बालेन पुग्दा सिसडोल र बञ्चरेडाँडाबासी स्वागत र सम्मानका लागि खादा÷मालासहित पुगेका थिए । स्थानीयको खादा/माला लगाउन नमानेका वालेनले उपत्यकाको फोहोर दीर्घकालीनरुपमा समाधान गर्न सकेपछि मात्रै उक्त सम्मान...