वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।