अटोमेटिक पेस्तोलसहित दुई भारतीय युवक पक्राउ

१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश […]

सम्बन्धित सामग्री

दुई थान कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६ बाट भारतीय युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले भारतको सितामढी घर भएका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ नाल कटुवा पेस्तोल, २ राउण्ड गोली र दुई सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।आइतबार साँझ भारतीय नम्बरको मोटरसाइकलमा सकलदिप नेपालतर्फ आएका थिए । कानुनी कारवाहीका लागी उनलाई सशस्त्र प्रहरीले स्थानिय प्रहरीको जिम्मा लगाएको छ ।