झापा : वैकल्पिक सडक नराखी भद्रपुर बसपार्क र मुख्य बजार जोड्ने पक्की पुल भत्काउँदा आवतजावतमा गर्न कठिनाइ उत्पन्न भएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।मेची पुलदेखि झापा चोकसम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गमा पर्ने भद्रपुर–५ स्थित बसपार्क नजिकैको जीर्ण पक्की पुल १५ दिनअघि भत्काइएको थियो।जीर्ण पक्की पुल भत्काएर त्यस ठाउँमा हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले ट्रिपल सेल बक्स कल्भर्ट बनाउन लागेको हो। कल्भर्टको ठेक्का खामपाते, शेर्पा निर्माण सेवा, चाहबेल काठमाडौँले प