काठमाडौँ - सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो ।
मन्त्रालय स्राेतका अनुसार महिना दिनअघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।