आफ्नाे भवन नहुँदा वार्षिक लाखौं रूपैयाँ भाडा तिर्न बाध्य स्थानीय तह

झाङ । देश संघीयतामा गएकाे ८ वर्ष पूरा भइसक्न लागिसकेकाे छ । तर पनि देशका अधिकांश जिल्लाका स्थानीय तहहरूले विविध समस्याका कारणले आफ्नै प्रशासनिक भवन बनाउन अझैसम्म सकेका छैनन् । जसकाे उदाहरणका रूपमा बझाङ जिल्लालाई लिन सकिन्छ । जहाँ १२ वटा स्थानीय तहहरुमध्ये ७ वटा पालिकाहरुले मात्रै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । […]