राष्ट्रसंघको महासभामा सहभागी ब्राजिलका स्वास्थ्य मन्त्री कोरोना सङ्क्रमित, न्युयोर्कमै आइसोलेसनमा

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको जनाइएको छ । राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो ।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन । ब्राजिल सरकारले जारी गरेको […]

सम्बन्धित सामग्री

भारतमा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ कोरोना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १७ हजार …

वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो । माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको […]

कोरोना सङ्क्रमित देशबाट भित्रिने व्यक्तिबाट सङ्क्रमण हुने जोखिम

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताए।

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।  एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसार भरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।प्राप

आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई सहयोग

गण्डकी, २४ जेठ: आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो । एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित रहेका र उहाँहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार […]

कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरू तयार रहनू : मन्त्रालय

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई अनुरोध गरेको छ । सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाकाे उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको हो । पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्र...

पछिल्लो २४ घण्टामा ७,९८९ कोरोना सङ्क्रमित निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन्। यो सँगै नेपालमा हालसम्म तीन लाख ६० हजार चार सय १३ जना सङ्क्रमित निको भई सकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ हजार एक सय ७३ जना व्यक्ति कोरोना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

जुनियर एनटीआर कोरोना सङ्क्रमित, होम आइसोलेनसमा बसे

काठमाडौं। तेलुगू फिल्म सुपरस्टार जूनियर एनटीआर कोरोना सङ्क्रमित भएका छन्। आफू सङ्क्रमित भएकोबारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। कोरोना सङ्क्रमित भएपछि उनीसहित परिवारका सदस्यहरू आइसोलेनसमा बसेका छन्। आफू स्वस्थ्य रहेको र सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उनले बताए। यसअघि तेलुगू फिल्म उद्योगका अभिनेता राम चरण, वरुण तेज कोनिडेला, नागाबाबुलगायतका सेलिब्रेटी कोरोना पोजिटिभ भएका थिए।

उपत्यकामा आज एकै दिनमा थपिए ३,६६६ जना कोरोना सङ्क्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३,६६६ जना कोरोना सङ्क्रमित थपिएका छन्। काठमाडौंमा २,९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। आज देशभर ७,४४८ जना कोरोना सङ्क्रमित थपिएका छन्। कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन्।

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।