नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन् । राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्।एक किशोरीले आफू बलात्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले बलात्कारबारे कानुन संशोधन गर्नुपर्ने आवाज उठेकै बेला राणाले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी हुन्। संविधानसभा