दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि मोरङलाई

अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधि जितेको हो ।मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक एक गोल गरेका थिए । मोरङले खेलको १३ औं र ३३ औ मिनेटमा गोल गरेको हो । उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार रकम प्राप्त गरेको छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङकै मीनबहादुर बस्नेत, उत्कृष्ट गोल रक

सम्बन्धित सामग्री

आयोजकले उचाल्यो जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि

आयोजक सिमरा भेट्रान क्लबले जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

भेट्रान कपको उपाधि मोरङलाई

सिमरा रंगशालामा आयोजित तीनदिने ‘मञ्जुदेवी गुप्ता स्मृति’ दोस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङको जहदा भेट्रान क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चितवन भेट्रानलाई २–० ले पराजित गर्दै उसले उपाधि जितेको हो । उपाधिसँगै टोलीले १ लाख ५० हजार नगद र ट्रफी तथा उपविजेता चितवनले ७५ हजार नगद हात पारे ।

सिमरामा ‘दोश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप २०७९’ सुरु

२९ भदौ, वीरगञ्ज । बाराको सिमरामा दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ सुरु भएको छ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा रंगशालामा प्रतियोगिता सुरु भएको हो । सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगिताको पूर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले खेल क्षेत्रको विकासको […]

अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने

बारा– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । यही भाद्र २९ देखि १ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ । भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले जानकारी दिए । […]