हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजी सुरू

काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यार्सा खोज्न गएका जुम्लाका दुई जना गत शुक्रबारदेखि बेपत्ता भएका हुन् । नेपाली सेनाको नेतृत्वमा सोमबार बिहानदेखि हेलिकाेप्टर र स्थल मार्गबाट उनीहरुलाई खोज्न सुरु गरिएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा […]

सम्बन्धित सामग्री

हिमपहिरोमा बेपत्ताको खोजी कार्य स्थगित, उद्धार टोली छाङरु फर्क्यो [अपडेट]

जिल्लाको व्याँस गाउँपालिका–१ भोमिनको हिमपहिरोमा पुरिएका ५ जनाको खोजी कार्य स्थगित गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीको टोली छाङरू फर्केको छ । निरन्तर हिमपात र पहिरो गएको ठाउँमा ५ फिटभन्दा बढी हिउँ जमेकोले बेपत्ता भएकाको खोजी कार्य कठिनाई भएपछि सुरक्षाकर्मी फर्केको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार फेरि बेपत्ताको खोजीका लागि प्रहरी जानेछ ।

प्राकृतिक विपतले लिन्छ धेरैको ज्यान

गत बुधबार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी एक जनाको मृत्यु भयो। सोही ठाउँका ५५ वर्षीय भैरव विकको उपचारका व्रmममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो। उक्त आगलागीको घटनामा अन्य १० जना घाइते भए। वैशाख २२ गते मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन्। बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बाक्लो हिउँ परेका कारण बेपत्ताको खोजीमा भने कठिनाइ भइरहेको छ।