काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
केहीबेर अघि तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा सुरु भएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार आज र भोलि दुई दिन बस्ने बैठकले यी विषयहरु पारित गर्ने छ । यसअघि एमालेको स्थायी समिति बैठकमा पेस भएको विधान संशोधन मस्यौदामा ७० वर्षे उमेरहदलाई कायम राख्ने प्रावधानलाई यथावत् राखिएको छ ।
यो मस्यौदा विधा...