कुखुरा पालनमा रमाउँदै उपमेयर, उद्यमशील राजनीतिज्ञ बन्दै

स्थानीय तहका अधिकांश जनप्रतिनिधिले उद्यमशी काम गरेको देखिदैन तर, बैतडीको दशरथ चन्द नगरपालिकाका उप प्रमखु मीना चन्दले कुखुरा पालन व्यवसायबाट लोभ लाग्दो कमाई गरिरहनु भएको छ । लामो समय शिक्षण पेशामा आबद्ध चन्दले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उप प्रमुख जित्नु भएको हो । श्रीमान किशोर चन्द पनि मीनाको हरेक कामलाई सहयोग गर्दै दुबै जना राजनीतिमा पनि सक्रिय रहनु भएको छ ।