अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे। १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि उनको परिवारले शिक्षण अस्पतालमा भर्नाका लागि खोजी गरे। तर भर्ना पाउन नसकिने जवाफ पाएपछि काठमाडौं मेडिकल कलेज जोरपाटी पुगे।त्यहाँ पुग्दा थापालाई श्वास फेर्न कठिन भइरहेको थियो। अस्पतालले आइसियु छैन भन्दै जनरल बेडमा राख्यो। फेरि शिक्षण अस्पतालमै आइसियुको खोजी