चार्टर्ड एकाउन्टेन्ट संघको नयाँ नेतृत्व चयन, गभर्नर अधिकारीले गराए पद तथा गोपनीयताको सपथ

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै मात्र सम्पन्न निर्वाचनबाट अध्यक्षमा दीपक पाण्डे निर्वाचित भएका हन् ।यस्तै, उपाध्यक्षमा सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल र कोषाध्यक्षमा वर्षा बराल  निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन् । बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्वाचित सबै पदाधिकारी तथा स