एमालेले भन्यो- 'राजनीतिक पूर्वाग्रह र दबाबबिना छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस्'

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी धन्दा बाहिरिएको भन्दै त्यस्तो कार्यमा संलग्न जोकोही भए पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको हो ।